यू– १९ विश्वकप एसिया छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ। 

युएईको अजमानको इडन गार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। 

नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलंकामा आयोजना हुने यू– १९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ।

प्रतियोगितामा नेपाल यसअघि खेलेका चारवटै खेलमा विजयी भएको थियो। नेपालले यसअघि सिंगपुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको थियो। 

युएईले पनि सिंगपुर, कुवेत, हङकङ र मलेसियालाई पराजित गरेको छ। नेपाल र युएईबीचको विजेताले यू– १९ विश्वकपको यात्रा तय गर्नेछ। नेपालको प्लेइङ– ११ मा कप्तान देव खनालसहित आकाश त्रिपाठी, दीपक बोहरा, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी र उत्तम थापामगर छन्। 
 

सुझावित समाचार