सप्तरीको राजविराजमा लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन भएको छ।



लघुवित्त संस्थाविरुद्ध संघर्ष समितिको आयोजनामा सप्तरीमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना गरिएको हो।

लघुवित्त संस्था नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै खारेजीको माग गरेका छन्।

उनीहरुले लघुवित्तको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन्।



तस्बिर : साैरभ यादव/नयाँ पत्रिका