टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीले टिभिएसको विराटनगर सोरुमबाट लेटाङसम्म राइड कार्यक्रम आयोजना गरेको हो ।
राइडमा सहभागीबीच विभिन्न गेमहरू पनि खेलाइएको कम्पनीले जनाएको छ । साथै, सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको उल्लेख छ ।
करिब ४० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।