आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा
पपुवा न्युनिगीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० रन पूरा गरेको छ ।
नेपालले कुनै विकेट नगुमाई दश ओभरमा ५० रन पूरा गरेको हो । क्रिजमा ओपनिङ ब्याटरद्वय आसिफ सेख २७ तथा कुशल भुर्तेल २५ रन बनाई खेलिरहेका छन् । दुवैले तीन–तीन चौका प्रहार गरेका छन् ।