नेपाललाई २०४ रनको लक्ष्य

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा पपुवा न्युगिनीले नेपाललाई दुई सय चार रनको लक्ष्य दिएको छ । 

नेपाली बलरले कसिलो बलिङ गरेपछि पपुवा न्युगिनीले नेपाललाई मध्यम स्कोरको लक्ष्य दिएको हो । 

पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नाै विकेटको क्षतिमा दुई सय तीन रन बनायो । नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई, सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक–एक विकेट लिए । एक ब्याटरलाई कुशल मल्लले रनआउट गरे । 

गुल्सनले नाै ओभरमा २८ मात्र दिएर तीन विकेट लिए । उनले २७औँ ओभरको पाँचाैँ बलमा गुल्सनले चार्ल्स अमिनीलाई प्रतिश जिसीको हातबाट आउट गराएका थिए । यसअघि मिडल अर्डरका ब्याटर सेसे बाउलाई ३१ रनमा बोल्ड गरेका थिए भने १७औँ ओभरको चौथो बलमा ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।

६ दिनपछि १९ वर्ष लाग्ने ब्याटिङ अलराउन्डर कुशल मल्लले पपुवा न्युगिनीले आठौँ विकेट कुशलका रूपमा नोरमान भेनेईलाई पेभेलियन पठाए । 

दुई छक्का र दुई चौका प्रहार गरी आक्रामक रूपमा १५ बलमा २५ रन बनाएका नोरमानलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका थिए । 

त्यसअघि रनआउटमार्फत कुशलले नै पपुवा न्युगिनीको सातौँ विकेट उडाएका थिए । बलर रायली हेक्युरलाई कुशल मल्लले रनआउट गरे । १५ बल खेलेका रायलीले सात रन बनाए । 

यस्तै, कुशलले नै पपुवा न्युगिनीको छैटौँ विकेट लिएका थिएन् । कुशलले ५३ बल खेलेका कप्तान असाद भालालाई ३६ रनमा आउट गरेका थिए ।

एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेका प्रतिश जिसीले करिअरको पहिलो विकेटका रूपमा हिरी हिरीलाई आउट गरे । 

त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे । 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गर्दै नेपाललाई लक्ष्य दिएको हो । 

सुझावित समाचार