पपुवा न्युगिनीको दोस्रो विकेट खस्यो, गुल्सनले दिलाए सफलता

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा  अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल भइरहेको छ । 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको पपुवा न्युगिनीले दोस्रो विकेट गुमाएको छ । 

गुल्सन झाले नेपालका लागि दोस्रो सफलता दिलाएका छन् । ५९ बलमा २९ रन बनाएका किप्लिन डोरिगालाई गुल्सनले १७औँ ओभरको चौथो बलमा आउट गरे ।

त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे । 

नेपालले आज चारजना सिमरलाई मैदानमा उतारेको छ । सोमपाल, करणसँगै आजै एकदिवसीयमा डेब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसीले पनि बलिङ कमान्ड सम्हालेका छन् । 

ताजा अवस्थामा पपुवा न्युगिनीले २१औँ ओभरमा दुई विकेट गुमाएर ७५ रन बनाएको छ ।

विश्वकप लिग– २ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो । यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंखला खेल्नेछ । 

सुझावित समाचार