पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत आजदेखि युएईमा सुरु त्रिकोणात्मक एकदिवसीय प्रतियोगितामा नेपालले अहिले पपुवा न्युगिनीसँग खेलिरहेको छ । 

शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ताजा अवस्थामा पपुवा न्युगिनीले एक विकेट गुमाएको छ । 

चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे । 

नेपाली बलिङ स्पेल सोमपाल र करणले सम्हालेका छन् । १३ ओभरमा पपुवा न्युगिनीले एक विकेट गुमाएर ५० रन बनाएको छ । 

विश्वकप लिग– २ मा नेपालले विदेशी भूमिमा खेल्ने यो नै अन्तिम शृंखला हो । यसपछि नेपालले घरेलु मैदानमै अन्तिम शृंखला खेल्नेछ । 

आजको खेलमा नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले युवा फास्ट बलर प्रतिश जिसीलाई डेब्यु गराएका छन् । नेपाली टिममा स्पेसलिस्ट स्पिनर छैनन् । चार फास्ट बलर खेलाइएका छन् । 

अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले ब्याटिङसँगै स्पिन बलिङ सम्हाल्नेछन् । टिममा आरिफ सेख र गुल्सन झा पनि समावेश छन् ।

सुझावित समाचार