सञ्चारमन्त्री शर्मा र मेयर साहबीच भेटवार्ता

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ।काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा मन्त्री र मेयरबीच छलफल भएको छ। 

मन्त्री शर्माले तार व्यवस्थापनकाे नियमन गर्न ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने तयारी भएकाे जानकारी दिइन्।  

साथै, पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, युट्युबलाई व्यवस्थित गर्ने र राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे छलफल भएको सञ्चारमन्त्रीकाे सचिवालयले जनाएकाे छ।  

सुझावित समाचार