आठौँ संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधि नवआदर्श सामुदायिक विकास समाजले जितेको छ ।
संगम क्लब, पोखरा– १३ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा साबिक उपविजेता एलजी एसाेसिएसनलाई ३–२ गोल अन्तरले पराजित गर्दै नवआदर्शले उपाधि जितेको हो । उपाधिसँगै नवआदर्शले एक लाख ७५ हजार रुपैयाँ पाउँदा उपविजेता एलजीले एक लाख नगद पुरस्कार हात पार्याे ।
प्रतियोगितामा नवआदर्शका सुशान्त गुरुङ उत्कृष्ट खेलाडी, एलजीका आशिष गुरुङ उत्कृष्ट स्ट्राइकर, एलजीका संगम ठकुरी उत्कृष्ट डिफेन्डर, नवआदर्शका अनुज भण्डारी उत्कृष्ट मिडफिल्डर र नवआदर्शकै आशिस केसी उत्कृष्ट गोलकिपर घोषित हुँदै जनही सात हजार नगदसँगै ट्रफी पाए । ८ फागुनदेखि सुरु प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।