देव र अर्जुनको शतकमा नेपाल दुई सय ४३ रनले विजयी

देव खनाल र अर्जुन कुमालले शतकीय इनिङ्स खेल्दा कुवेतविरुद्ध आकाश चन्दले सर्वाधिक ६ विकेट लिए

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

कप्तान देव खनाल र अर्जुन साउदले शतकीय इनिङ्स खेल्दा नेपालले कुवेतमाथि दुई सय ४३ रनको विशाल जित निकालेको छ । शनिबार आइसिसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा दोस्रो जित निकाल्दा बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिएका थिए । जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो । कुवेत हङकङसँग एक विकेटले पराजित भएको थियो । 

देव र अर्जुनको कीर्तिमानी ब्याटिङ
कुवेतविरुद्ध नेपालका ओपनर अर्जुन र कप्तान देवले कीर्तिमान राखे । देव र अर्जुन नेपालका लागि एकै इनिङ्समा दुई शतक बनाउने पहिलो ब्याट्सम्यान भएका हुन् । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ४३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि देवले एक सय १७ बलमा नौ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक अविजित एक सय २५ रन बनाए । 

अर्जुनले एक सय १२ बलमा १२ चौकाको मद्दतमा एक सय आठ रन जोडे । तेस्रो विकेटका लागि देव र अर्जुनले एक सय ७० रनको साझेदारी गरेका थिए । यसैगरी, विशालविक्रम केसीले २३ र दीपकप्रहाद डुम्रेले अविजित २० रनको योगदान गरेका थिए । कुवेतका लागि ह्यारी थोमस र अर्स साहिल काज्मीले समान दुई तथा हाइबर अली र जय महेशकुमार मेहताले समान एक विकेट लिए ।

सुझावित समाचार