प्रधानमन्त्रीले दबाब आयो भन्नुभएको छ, एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ : केपी ओली

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको बताएका उल्लेख गर्दै ओलीले पुस १० को सम्झौताअनुसार नै माओवादीले एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो प¥यो मलाई के के प¥यो दबाब प¥यो भनिरहनुभएको छ । तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ?’

सुझावित समाचार