बालुवाटारमा बन्यो नयाँ गठबन्धन, सत्तासमीकरण फेरिने संकेत

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपतिमा उम्मेदवारी मनोनयनको एक दिनअघि सत्तागठबन्धनमा ब्यापक फेरबदलको सम्भावना देखिएको छ । 

राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा आएका प्रतिनिधिसभाका आठ दल सत्ता सहयात्रमा पनि सँगसँगै जाने सम्भावना देखिएको छ । 

आगामी राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सो बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्तासमीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जान अपिल गरेका थिए । 

‘आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔँ, सबै दल मिलेर जाऔँ,’ बैठकका प्रचण्डको भनाइ थियो, ‘राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र जनतालाई सेवा–सुविधा दिने सवालमा सबै मिलेर एकता भएर जानुपर्छ । सत्तासमीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ ।’

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले अहिलेको आठ दलीय गठबन्धनलाई यसअघिको पाँचदलीय गठबन्धनको विस्तारित रूप भनेका छन् । 

तत्कालीन पाँच दल मिलेर निर्वाचन लडे पनि सरकार गठनका वेला भने गठबन्धन भत्किएको थियो । कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई समर्थन नगरेपछि माओवादी अध्यक्ष प्रचण्ड एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

उनले प्रतिनिधिसभामा विश्वासको मत लिँदा भने कांग्रेससहित प्रतिनिधिसभाका दुई सय ७५ मध्ये दुई सय ६५ सांसदको समर्थन प्राप्त गरेका थिए । 

सुझावित समाचार