प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल चलिरहेको छ। 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति चयनका विषयमा बालुवाटारमा छलफल भइरहेको छ। प्रधनमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज एमाले र कांग्रेससँग छुट्टाछुट्टै निर्णायक छलफल गर्ने बताएका थिए। 

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आज बिहान मात्रै बालुवाटारमा तत्कालीन गठबन्धनका चार दलबीच छलफल भएको थियो। उक्त बैठक ५ बजे बस्ने गरी सकिएको थियो। 
 

सुझावित समाचार