सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेशको माग

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आमसर्वसाधारणलाई सहज प्रवेशका लागि माग गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन्। 

उनले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे। 
 
 

सुझावित समाचार