सगरमाथा इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बिहीबार लैनचौर वेंक्वेटमा सम्पन्न भयो। 

कम्पनीले आर्थिक वर्ष ०७७/ ०७८ को तुलनामा आर्थिक वर्ष ०७८/ ७९मा १८.७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै तीन अर्ब १० करोडबराबर बिमा शुल्क आर्जन गरी एनएफआरएसअनुसार रु. ३७ करोड ८ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको जनाएको छ। 

कम्पनीका अनुसार उक्त साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ ०.६५२६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। 

सुझावित समाचार