‘मुन्द्रेको कमेडी क्लब’ नियमित प्रसारण हुने

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित प्रसारण हुने भएको छ। 

कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा यही चैत २ गतेदेखि कमेडी सो नियमित उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। 

उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर र कार्यक्रमको मार्केटिङ एडी रिलिज प्रालिले गर्दै छन्। मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की छन्।

यस्तै अन्य कलाकारमा दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरू पनि विभिन्न भागहरूमा रहने बताइएको छ। 

सुझावित समाचार