रियलमीको अहिलेसम्मकै स्लिम मोडल ‘रियलमी १०’ नेपाल आउँदै

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल ‘रियलमी १०’को डिजाइन सार्वजनिक गरेको छ । ७.९५ मिलिमिटर मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जनाएको छ ।

यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकाले दैनिक रूपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीको दाबी छ । ६.४ इन्चको ठूलो एमोलेड डिस्प्लेका साथै हल्का र अल्ट्रा–स्लिम बडी भएको यो फोन नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेक ग्राहकका लागि उपयुक्त हुन सक्छ ।

३.५ मिमिको हेडफोन ज्याक र २००% अल्ट्राबुम स्पिकर भएको यो फोन क्ल्यास ह्वाइट र रस ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुनेछ ।

See More On

सुझावित समाचार