यी हुन् जसपा केन्द्रीय कार्यकारिणी बैठकका निर्णयहरू

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार र सोमबार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाडाैंमा गर्ने निर्णय गरेको छ। 

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ। 

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन्। मूल व्यवस्थापन समितिले आवश्यकताअनुसार उपसमिति बनाउन सक्नेछ। 

बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको छ।

केन्द्रीय सदस्यद्वय जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमखुको जिम्मेवारी दिइएको छ। 
 

See More On

सुझावित समाचार