माओवादीकाे पदाधिकारी बैठक भाेलि बस्दै

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण
माओवादीकाे पदाधिकारी बैठक भाेलि बस्दै

माओवादी केन्द्रीय कार्यालय । फाइल फाेटाे ।

माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपतिको आसन्न निर्वाचनका सम्बन्धमा छलफल गर्न माओवादीले सोमबार पदाधिकारी बैठक बोलाएको हो । 

महासचिव देव गुरुङले सोमबार दिउँसो ४ बजे बैठक बस्ने जानकारी दिए । ‘राष्ट्रपति निर्वाचनसहित समसामयिक विषयमा बैठकमा छलफल हुनेछ,’ गुरुङले नयाँ पत्रिकासँग भने । 

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको आज कांग्रेस सभापतिसहित पदाधिकारीहरू, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै समयमा भेट भएको थियो । 

सबै भेटमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो । आइतबार भएका सबै छलफलपछि पार्टीको धारणा तय गर्न सोमबार प्रधामन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

सुझावित समाचार