प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।आइतबार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले २१औँ शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।
उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि समय र युग सुहाउँदो रूपमा आफूलाई थप अद्यावधिक गर्न आवश्यक रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त–दुरुस्त बनाउन आवश्यक रहेको औँल्याए। उनले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए।
उनले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलाई लिएर चौथो औद्योगिक क्रान्तिको रूपमा संश्लेषण गर्न थालेको बताए।