नेपालको दुई सय रन पूरा

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

नामिबियाले दिएको दुई सय ७५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले दुई सय रन पूरा गरेको छ। नेपालले तीन विकेटको क्षतिमा ३५ ओभर तीन बलमा दुई सय रन पूरा गरेको हो। 

अहिले क्रिजमा कप्तान रोहित पौडेल १५ र कुशल मल्ल २१ रन बनाएर खेलिरहेका छन्। 

यसअघि आसिफ सेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाएपछि नेपाल बलियो अवस्थामा देखिएको हो। 

आजको खेल जित्न नेपाललाई अब ७५ रन आवश्यक छ। उसको सात विकेट बाँकी छ। 

सुझावित समाचार