२७५ रनको लक्ष्य पछ्याउँदै नेपाल

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अहिले भइरहेकाे खेलमा स्कटल्यान्डले नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। 

स्कटल्यान्डले ५० ओभर खेल्दै नाै विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको हो। स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नाै छक्का र तीन चौकाको मद्दतमा अविजित १०७ रन बनाएका हुन्। 

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नाै ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए।

सोमपाल कामीले नाै ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर १ १ विकेट लिए।

सुझावित समाचार