सांसद भण्डारीलाई कीर्तिपुर अस्पतालबाट विमानस्थलतर्फ लगिँदै (फोटोफिचर)

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

जलेर गम्भीर घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट निकालिएको छ । 

डा. भण्डारीलाई कीर्तिपुर अस्पतालबाट सुविधासम्पन्न एम्बुलेन्समा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिँदै छ । 

उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागिएको हो ।  

विमानस्थलमा श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको छ । 

भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ । 

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार