जुम्लामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन दोस्रो साता

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

१३औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जुम्लामा फागुन दोस्रो साता हुने भएको छ। 

जिल्ला खेलकुद विकास समिति जुम्लामा फागुन २ गते बसेको जिल्ला सल्लाहकार समितिको बैठकले फागुन १४–१६ गते तीन दिन हुने निर्णय गरेको हो। 

जिल्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ४ भारतीवाडास्थित नेपाली सेनाको टुँडिखेलमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्यसचिव संगीता आचार्यले बताइन्। उनले भनिन्, ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजनामा हुन थालेको हो।’ 

जिल्लास्थित आठवटै स्थानीय तहमा पालिकास्तरीय खेल प्रतियोगिता सञ्चालन गरी खेलाडीको नामावली स्थानीय खेलकुद शाखाले फागुन १० गतेसम्म आयोजकलाई बुझाइसक्नुपर्ने जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ। 

See More On

सुझावित समाचार