भण्डारीको स्वास्थ्यमा चासाे राख्दै अस्पताल पुग्ने बढे (फोटोफिचर)

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

सांसद चन्द्र भण्डारीको स्वास्थ्यअवस्थामा चासो राख्दै कीर्तिपुरस्थित अस्पताल पुग्नेहरू बढिरहेका छन् । 

अस्पताल पुग्नेहरूमा कांग्रेस नेता–कार्यकर्ता तथा भण्डारीका शुभचिन्तक छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केही बेरअघि अस्पताल पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

हिजो बेलुकी १० बजे बुद्धनगरस्थित भण्डारीनिवासमा ग्यास चुहिएर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा जलेकी थिइन् ।  

सुझावित समाचार