‘काठमाडौंकै मुटुमा सुरक्षाको प्रत्याभूति छैन भने दूरदराजमा के होला ?’

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सोमबार नयाँ बसपार्कमा भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा. महतले काठमाडौंको मुटुमै दिनदहाडै यस्ता घटना घट्छन् भने दूरदराजका गाउँमा के होला ? भनी प्रश्न गरे ।

उनले काठमाडाैंकाे नयाँ बसपार्कस्थित लाेत्से मलमा साना व्यवसायीमाथि भएको लुटपाटकाे  घटना सामान्य नभएको उल्लेख गरे । उनले यातायात मजदुरको जायज माग सम्बोधन गर्दै पीडितलाई न्याय र पीडकको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गरे । 

सुझावित समाचार