कुशल भुर्तेलले एकदिवसीयमा पहिलो शतक प्रहार गरेका छन् ।
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नामिबियासँगको जारी खेलमा कुशलले शतक प्रहार गरेका हुन् ।
९९ बलमा शतक बनाउने क्रममा उनले चार छक्का र नाै चौका प्रहार गरे । ओपनिङ ब्याटरका रूपमा मैदानमा आएका कुशलले ४१औँ ओभरमा शतक पूरा गरेका हुन् ।
यसअघि उनले टी– २० मा भने शतक बनाइसकेका छन् ।