साहित्यकार र लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चनको तयारीमा रहेको छ।
बुद्धिसागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो।
नाटकको लेखन तथा निर्देशन सम्राट भुजेलले गरेका हुन् भने श्रीशेष श्रेष्ठको सहनिर्देशनमा नाटक तयारी भएको हो। नाटकमा किशोर महर्जनको संगीत छ।
नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ ।
फागुन ५ गते देखि २० गतेसम्म बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा ‘मुनमुन’ सोमबारबाहेक हरेक दिन साँझ ५ः१५ बजेबाट मञ्चन हुने बताइएको छ । भने शनिबार दिउँसो १ः३० र साँझ ५ः१५ मा दुई सो मञ्चन गरिने थिएटरले जनाएको छ ।