आइसिसी क्रिकेट वल्र्डकप लिग–२ मा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सुरुवातमै पहिलो विकेट गुमाए पनि रोहित र कुशलले मैदान सम्हालेका छन्।
रोहितले ६६ बलमा ६४ र कुशलले ७४ बलमा ६२ रन जोडेको छन्।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलाे खेलअन्तर्गत नेपाल र नामिबिया मैदानमा छन्। नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ।
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका