आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई दुई सय ८६ लक्ष्य दिएको छ। नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दै अलआउट भयो।
नामिबियाका लागिएक सय ३७ बलको सामना गरेका माइकल भानले ९ चौका र ५ छक्ककाे सहयाेगमा एक सय ३३ रन बनाएर आउट भए।
नेपालका लागि करण केसी एक्लैले पाँच विकेट र सन्दीप लामिछानेले तीन विकेट लिए। यस्तै सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु आइसिसी विश्वकप क्रिकेट लिग– को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।
नेपालले आफ्नो दोस्रो खेल स्कटल्यान्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। यता नामिबिया ३० खेलमा ३७ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।
यसैगरी, स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ। ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवान्युगिनीको २८ खेलमा पाँच अंक छ।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।