ल्याब्रेटोरी, राराहिल र ग्रिन भिलेज विजयी

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

सातौँ नेपाल एपिएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिताअन्तर्गत छैटाैँ दिन सम्पन्न खेलहरूमा ल्याब्रेटोरी स्कुल, राराहिल स्कुल र ग्रिन भिलेज एजुकेसन फाउन्डेसन विजयी भएका छन् ।

सोमबार भएको खेलमा राराहिलले ग्रिन भिलेज सेकेन्डरीलाई एक–शून्यले पराजित गर्याे । राराहिलको तर्फबाट मनोज वलीले गोल गरेका थिए ।

ग्रिन भिलेजले क्रियटिभ स्कुलमाथि चार–शून्यको जित हात पार्याे । फाउन्डेसनको तर्फबाट सुविन्द्र बम, अरविन्द्र थापा, दीपेश विष्ट र सोप्निल बस्नेतले एक–एक गोल गरे ।

त्यस्तै ल्याब्रेटोरी स्कुलले नाइटिंगेल स्कुलमाथि आठ–शून्य गोल अन्तरको फराकिलो जित हात पार्याे । ल्याब्रेटोरीको तर्फबाट रविन बमजनले चार, आकर्षण खत्रीले दुई तथा रितिक फडेरा र विष्णु चन्दले एक– गोल गरेका थिए ।

सुझावित समाचार