३ प्रश्न

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

पछाडि फर्किएर हेर्दा जनयुद्धलाई कसरी सम्झिनुहुन्छ ?
इतिहासमा ठुलो योगदान पुर्याएको जनयुद्धको पछिल्लो परिवर्तनमा महत्वपूर्ण भूमिका रह्यो । तर, जनयुद्धले निर्माण गरेको गर्बिलो इतिहास रक्षा गर्न भने हम्मेहम्मे भइरहेको छ । परिवर्तनविरोधी शक्ति यथावत् रहिरहेको र हामीभित्रको भीषण स्खलनले गर्दा जनयुद्धले पुर्याएको योगदानको रक्षा चुनौतीपूर्ण देखिन्छ । खासगरी जनयुद्धबाट आएको पंक्ति नै जनयुद्धको मूल्य, मान्यता र नैतिकतामा अडिन नसकेको हुनाले यस्तो समस्या आएको हो । 

जे सोचेर जनयुद्ध लड्नुभएको थियो,  त्यो कति पूरा भयो ?
जनयुद्धले अन्तिम जित पनि हासिल गर्न सकेन र त्यो पूर्ण पराजित पनि भएन । सम्झौतामा गएर जनयुद्ध टुंगिएकाले जनयुद्धमार्फत जुन नयाँ सत्ताको कल्पना गरिएको थियो, त्यो आएन । जुन शासन पद्धतिविरुद्ध हिजो संघर्ष गरिएको थियो, अन्ततः हामी त्यसैमा समाहित भयौँ । परिणामतः जनयुद्ध लड्दै गर्दा देखिएको सपना सपनामै मात्र सीमित रह्यो ।

अपूरा लक्ष्यलाई पूरा गर्न अब  के गर्नुपर्ला त ?
माओवादी आन्दोलन जनयुद्धको ‘स्पिरिट’बाट अन्तै पुगिसक्यो । पार्टीका नेता, कार्यकर्तामा यही सोच र कार्यशैली रहिरहने हो भने जनयुद्धको लक्ष्य पूरा हुन्छ भनेर सोच्नसम्म सकिने अवस्था पनि रहेन । विगतमा सम्झौतामार्फत नै अघि बढ्दा पनि नेता, कार्यकर्ता यो स्तरमा स्खलित नभइदिएको भए बाँकी कार्यभार बिस्तारै पूरा गर्न सकिन्थ्यो । तर, अहिलेसम्मको अवस्था हेर्दा अब त्यो कार्यभार पूरा गर्न सम्भव छैन । हामी धेरै टाढा पुगिसक्यौँ । 

सुझावित समाचार