कर्णालीका जेष्ठ गाउँपालिका अध्यक्ष गुरुङको निधन

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण
कर्णालीका जेष्ठ गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङकाे शव श्रद्धाञ्जलीका लागि लगिँदै । इन्सेटमा गुरूङ ।

कर्णाली प्रदेशकै जेष्ठ गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । 
दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी ७६ वर्षका थिए । 

तीन दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । दुई दिन स्थानीय मेडिकलमा उपचार गराएका गुरुङको स्वास्थ्यमा थप समस्या देखिएपछि आजै स्वास्थ्य सेवा कार्यालय लगिएको थियो । 

उपचारकै क्रममा उनको निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य व्यवस्थापक धर्मराज रेग्मीले बताए । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार रहेका उनी महाबु गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

उनको शव आज कांग्रेस दैलेखको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

शुक्रबार स्थानीय गैडाबाजमै श्रद्धाञ्जलीपश्चात दाहसंस्कार गरिने महाबु गाउँपालिकाले जनाएको छ ।  

सुझावित समाचार