जातीय भेदभाव मुद्दाका फरार दोषी जेल चलान

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

अदालतले तीन वर्ष जेल सजायको फैसला सुनाएपछि फरार रहेका एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । शरीर बन्धक र जातीय भेदभावसम्बन्धी मुद्दामा तीन वर्ष जेल सजायको फैसला भएपछि फरार रहेका मन्थली नगरपालिका– ६ का शेरबहादुर नगरकोटीलाई प्रहरीले बिहीबार जेल चलान गरेको हो ।

रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते नगरकोटीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा तीन वर्ष पाँच महिना आठ दिन कैद र २५ हजार जरिवाना तथा जातीय छुवाछुत मुद्दामा ११ महिना आठ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलासँगै उनी फरार रहेका थिए ।

नगरकोटीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार रामेछाप पठइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

सुझावित समाचार