सफा हिमाल अभियानमा सूर्य नेपालको सहयोग

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

 जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुसार नेपाली सेनाले सञ्चालन गर्न लागेको ‘सफा हिमाल अभियान २०२३’मा सूर्य नेपाल प्रालिले सहयोग गर्ने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 

अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण र ल्होत्से हिमाल पनि सफाइ गर्ने उद्देश्य रहेको जनाइएको छ । सूर्य नेपालले अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट, नेपाल’सँग साझेदारी गरेको जनाएको छ । 

अभियानलाई सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डे र प्रमुख सेनानी किशोर अधिकारी, ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट’का आनन्द मिश्रा तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता रहेको जनाइएको छ ।  

सुझावित समाचार