प्रधानमन्त्री मोदीले गरे अडानीसँगको सम्बन्धको बचाउ

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उद्योगपति गौतम अडानीसँगको घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनाको बुधबार अप्रत्यक्ष तरिकाले बचाउ गरेका छन ।

मोदी र भारतीय जनता पार्टीका विरोधीहरूले अडानीको तीव्र उदयमा प्रधानमन्त्री मोदीको हात रहेको आरोप लगाउने गरेका छन् ।

मोदीले अडानीसँगको सम्बन्धबारे संसद्मा केही नबोले पनि आफूमाथि लागेका आरोपबारे भारतीय जनताले बुझेको बताए । मोदीले भने, ‘जनतालाई संकटको समयमा मोदीले उनीहरूलाई सहयोग गरेको थाहा छ । जनता तपाईंको गाली र आरोपसँग कसरी सहमत होलान् र ?’

सुझावित समाचार