रास्वपाका मन्त्रीले बुझाए राजीनामा

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण
रास्वपाका मन्त्रीले बुझाए राजीनामा

तस्बिर : प्रधानमन्त्रीकाे फाेटाे डेस्क ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । 

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर रास्वपाबाट मन्त्री भएका तीनजनाले केहीबेरअघि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राखी सरकार छाड्ने निर्णय गरेको थियो । 

सुझावित समाचार