रास्वपालाई गृहको साटो भौतिक पूर्वाधार वा अन्य मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव, गृहमा नारायणकाजी ल्याउने तयारी

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहको साटो भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका छन् । 

रास्वपाका अध्यक्ष रवि लामिछानेसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहको साटो भौतिक पूर्वाधार वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्रीले भने दिन अस्वीकार गर्दै आएका छन् । 

रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्तावसँगै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालयमा पार्टी सभापति लामिछानेको साटो अरूलाई पठाउन पनि आग्रह गरेका छन् । 

भौतिक पूर्वाधार मन्त्रालय रास्वपालाई दिएपछि गृहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको स्रोतको भनाइ छ । 

मन्त्रिपरिषद् गठनकै वेला श्रेष्ठले गृहमा दाबी गरेका थिए । तर, त्यसवेला गठबन्धनले रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालय दिएको थियो । 

प्रधानमन्त्रीकाे नयाँ प्रस्तावमाथि छलफल गर्न अहिले रास्वपाकाे बैठक बसिरहेकाे छ ।

सुझावित समाचार