नेपालमा पनि ग्यालेक्सी एस २३ सिरिजको प्रि–अर्डर खुला

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

सामसङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस २३ अल्ट्रा,  ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ सार्वजनिक गरेको छ। 

फेब्रुअरी १ मा सार्वजनिक यी फोनहरूमा ग्यालेक्सी सिरिजमा भएको सबैभन्दा एपिक क्यामेरा रहेको कम्पनीले जनाएको छ, जसले प्रयोगकर्तालाई आफ्नो रचनात्मकता अन्वेषण गर्न थप स्वतन्त्रता प्रदान गर्नेछ । यसबाट एआईका रूपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ ।

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउने बताइएको छ । यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेन्टद्वारा समर्थित छ ।

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ। त्यसका लागि आधिकारिक प्रिअर्डर वेबसाइटमा दर्ता गरी वा नजिकैको सामसङ फोन स्टोरहरूबाट प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ  । प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने बताइएको छ ।

See More On

सुझावित समाचार