मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु अस्पतालमा छुट

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन काठमाडौंको वसुन्धरामा रहेको चिरायु नेसनल अस्पताल एन्ड मेडिकल संस्थानसँग सम्झौता गरेको छ ।

बैंकले आफ्ना  ग्राहकलाई चिरायु अस्पतालबाट सेवा लिँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । 

बैंकको यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । 

सुझावित समाचार