अल नासेरमा रोनाल्डोको आलोचना सुरु

विश्व फुटबलमै महँगो रकममा अनुबन्ध भएका रोनाल्डोले सोचेजस्तो सफलता दिलाउन नसकेको भन्दै आलोचना सुरु

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल नासेर क्लबसँग अनुबन्धित भएको एक महिना पनि पूरा भएको छैन । अल नासेरले फुटबल इतिहासमै सर्वाधिक महँगो रकममा रोनाल्डोलाई भित्र्याएको थियो । वर्तमान समयकै लियोनल मेसीसँगै उत्कृष्ट खेलाडी मानिने रोनाल्डोलाई अनुबन्धित गर्दैै नासेरले घरेलु फुटबलमा तहल्का मच्चाउने विश्वास लिएको थियो । रोनाल्डोसँग युरोपियन तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अनुभव छ ।

त्यही अनुभव खेलाडीले पाउने र अल नासेरले घरेलु फुटबलमा एकछत्र राज गर्ने लक्ष्य अल नासेरले राखेको थियो । तर, रोनाल्डोलाई अनुबन्ध गरेको एक महिनाभित्रै क्लबले नराम्रो नतिजा हात पारेको छ । गत साता सुपर किंग्समा अल नासेर सेमिफाइनलबाटै बाहिरिएको थियो । प्रतिस्पर्धामा अल नासेर अल इतिहादसँग ३–१ ले पराजित भयो । 

प्रतिस्पर्धामा रोनाल्डोले सहज गोल अवसर गुमाएका थिए । सोचेजस्तो सफलता दिलाउन नसकेको जनाउँदै क्लब तथा समर्थकले रोनाल्डोको आलोचना सुरु गरिसकेका छन् । क्लबले महँगो रकम खर्चेका खेलाडीले सिजनकै पहिलो उपाधि दिलाउन चुकेको जनाएको छ । क्लबका निर्देशकले बेकारमा थुप्रो रकम खर्चेको बताएका छन् । यसैगरी, अल नासेरका समर्थकले रोनाल्डोको जर्सीमा स्टम्पिङ गरेको भिडियो बनाएका छन् । अल नासेरका प्रशिक्षक रुडी गार्सियाले पनि रोनाल्डोले आफ्नो टोलीका लागि सुपर कपको उपाधि जित्ने महत्वपूर्ण मौका गुमाएको बताए ।

सुझावित समाचार