आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका २० सुझाव

मंगलबार, १७ माघ, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै संकट समाधानका लागि २० बुँदे सुझाव दिएको छ ।

जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको प्रतिनिधिमण्डलमा सहभागी उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । एकीकृत समाजवादीले आर्थिक संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन सुझाव दिएको छ । 

महँगी नियन्त्रण गर्नुपर्ने, संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्नेलगायतका सुझाव एकीकृत समाजवादीको छ । युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्न कदम चाल्नुपर्ने, कृषि उत्पादन र बिक्रीका योजना बनाउनुपर्ने सुझाव पनि एकीकृत समाजवादीको छ ।

सुझावित समाचार