स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । एनपिएसमा आबद्ध हुने सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेती र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार स्वरोजगार लघुवित्तका आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपिएस)अन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्ने जनाइएको छ ।
यसअन्तर्गत लघुवित्तले एनसिएचएल–आपिएस र आरपिएस–कनेक्ट आइपिएस प्रणालीमार्फत आफ्नो बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका कारोबार तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने जनाइएको छ ।
लघुवित्तले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउँदै देशका ३६ जिल्लामा ९१ शाखामार्फत सेवा दिँदै आएको जनाएको छ ।