अघि बढ्यो एलआइसी नेपालको हकप्रद सेयर निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

हकप्रद सेयर निष्कासनका लागि नियमक निकाय नेपाल बिमा प्राधिकरणबाट समेत स्वीकृत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ। एलआइसी नेपालका अनुसार हकप्रद निष्कासन बिक्रीसम्बन्धी सम्पूण कार्यका लागि काठमाडौंको हात्तीसारमा अवस्थित नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरेको छ। 

कम्पनीले कायम चुक्तापुँजीको ८८.४५ प्रतिशत हकप्रद जारी गर्न बिमा प्राधिकरणले गत २१ पुसमा सैद्धान्तिक सहमति प्रदान गरेको हो। हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव ३ माघमा सम्पन्न विशेष साधारणसभाबाट समेत प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ। 

सोपश्चात् नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिई स्वीकृति पाएपछि मात्रै सर्वसाधारणका लागि हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीको हाल कायम चुक्तापुँजी दुई अर्ब ६५ करोड रुपैयाँ रहेको र हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्तापुँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ जनाइएको छ। 

सुझावित समाचार