प्रधानमन्त्री प्रचण्डले राखे गृहमन्त्रीको जिम्मेवारी

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषण आदेशमा सांसद र मन्त्री  पद गुमाएका रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा बुझेसँगै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । 

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पुस ११ मा लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । 

सुझावित समाचार