तीनबुँदे माग राखी सडकमा सुकुमबासीको धर्ना

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण
तीनबुँदे माग राखी सडकमा सुकुमबासीको धर्ना

फाइल तस्बिर

तीनबुँदे माग राखी सुकुमबासीहरू संघीय राजधानीको सडकमा उत्रिएका छन् । 

उपत्यकाका विभिन्न स्थानमा बसोवास गर्दै आएका सुकुमबासीले अहिले संघीय संसद् रहेको क्षेत्र नयाँ बानेश्वरनजिक धर्ना दिइरहेका छन् । 

स्थायी विकल्पविना हटाउन नपाइने, भूमि अभियन्तहरूविरुद्ध प्रहरीमा परेको जाहेरी फिर्ता लिनुपर्ने र भूमि ऐनबमोजिम लालपुर्जा दिनुपर्ने उनीहरूका माग छन् । 
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् । 

सुझावित समाचार