खगेन्द्र नवजीवन केन्द्रको स्थापना दिवसमा सम्मान

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व. खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवसमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंको जोरपाटीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

अपांगताको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई केन्द्रले सम्मान गरेको हो । कार्यक्रममा अर्थाेपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा. शंकरराज पाठक, विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउन्डेसनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो ।

दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो । हरेक वर्षजस्तै यस वर्ष पनि टेबलटेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिएको थियो । 

कार्यक्रममा संस्थाका सभापति साम्देन लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामाको उपस्थिति थियो । सोही अवसरमा माडबाडी सेवा समिति झापाले अपांगता भएकाहरूलाई भोजन गराउनुका साथै विभिन्न सामग्रीसमेत हस्तान्तरण गरेको थियो ।

सुझावित समाचार