सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला रु. एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख चार हजार पाँच सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख चार हजार ६ सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार तीन सय ७५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।