स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
कम्पनीले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई तरकारी तथा फलफूलको मूल्यमा १५ प्रतिशत वा अधिकतम एक सय ५० रुपैयाँसम्म छुट दिने भएको हो ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टका सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
अफरअन्तर्गत बिग मार्टका सम्पूर्ण शाखामा एनआइसी एसिया मोबाइल बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने स्मार्ट च्वाइस टेक्नोलोजीले जनाएको छ ।