नवराज प्रधानको ‘लै बरी लै’को म्युजिक भिडियो रिलिज

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

डा. नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  लाटोकोसेरो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. प्रधानकै रहेको छ ।

गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बज्राचार्य रहेका छन् । भिडियोमा प्रिन्स विश्वकर्मा, श्रीशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनीष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, शर्मा थापा, सिकुम लिम्बू, दीपेन्द्र बजगाईंलगायतको अभिनय रहेको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन सञ्जय लामाले गरेका छन् । विजेश पौडेलको सम्पादन रहेको भिडियोको निर्देशन विजेश राजनको रहेको छ । भिडियोको निर्माता  डा. प्रधान र मनीषा प्रधान रहेका छन् ।

सुझावित समाचार